Sunday, February 10, 2019

म 'घमण्डी डाक्टर' हुँ।

• म ओपिडी कोठामा एउटा विरामी हेरिरहदा अर्कोलाई छिर्न दिन्न, बाहिर जानुस् भन्छु। किनकी जसलाई जाँचिरहेको हुन्छु, उसलाई प्राथमिकता र समय दिनु मेरो धर्म हो। जाबो यत्ती देखाउन नि १० घण्टा कुर्नुपर्ने भन्छन्।
अनि म 'घमण्डी डाक्टर' भनिन्छु।
• म घाम ताप्दै चौरमा, चियापसलमा, बाटोमा विरामी जाँच्ने वा रिपोर्ट हेर्ने गर्न सक्दिनँ, चाहे विरामी जतिसुकै हतारमा होस्। किनकी विरामी जाँच्नु भनेको उसको स्वास्थ्यको जिम्मेवारी मैले लिनु हो, डाक्टर-विरामी सम्बन्ध स्थापित गर्नु हो। गफ गर्नु मात्र हैन। चिया गफ जसरी विरामी हेर्दा धेरै साना तर महत्वपूर्ण कुराहरु जानेर वा नजानेर छुट्छन्, मैले भोगेको छु। त्यसैले सहि तरिकाले ओपिडीमै राखेर विरामी हेर्छु। मान्छेहरु यत्ती जाबो हेर्न नि कुराउने भन्छन्।
अनि म 'घमण्डी डाक्टर' भनिन्छु।
• इमर्जेन्सी भनेर ओपिडी आएको विरामीलाई कहिले इमर्जेन्सी जानुस् भन्छु, कहिले आफैंले लिएर जान्छु, कहिले अरु स्टाफलाई इमर्जेन्सी लगिदिनुस् भनेर ओपिडी पर्चामा लेखिदिन्छु। यस्तो इमर्जेन्सी नि हेर्न नखोज्ने भन्छन्।
अनि म 'घमण्डी डाक्टर' भनिन्छु।
• म एकजना विरामीसँग बोलिरहेको बेला अरु विरामीको कुरा सुन्दिनँ, उसलाई कुराउछु। किनकी म एकैपटक दुई विरामी हेर्न सक्दिनँ, दुई तीन जनाका स्वास्थ्य समस्या समाधान गर्न सक्दिनँ। अनि कस्तो यत्ती कुरा नि नसुन्ने डाक्टर रैछ भन्छन्।
अनि म घमण्डी डाक्टर भनिन्छु।
• म नचिनेको नंबरको फोन उठाउदिनँ, जतिसुकै इमर्जेन्सी भए पनि सकेसम्म उठाउदिनँ। विरामीलाई मेरो जरुरत छ जस्तो लाग्छ भने म आफैं उनको नं लिन्छु र मेरो पनि दिन्छु। किनकी मेरो पनि व्यक्तिगत समय हुन्छ र फोनबाट डाक्टर-विरामी सम्बन्ध बन्दैन र म फर्स्ट अनकल पनि हैन, सेकेन्ड अनकल हुँ। तर अस्पताल र स्टाफको फोन उठाउछु।
अनि म 'घमण्डी डाक्टर' भनिन्छु।
• म सामाजिक प्रतिष्ठा, पहुँच वा रवाफको आधारमा विरामीलाई प्राथमिकता दिन्नँ। नजिकको, टाढाको, धनी, गरिव भनेर छुट्ट्याउन्न। मैले हेर्नुपर्ने रहेछ भने म चाहिने समय दिएर राम्रैसँग हेर्ने सक्दो प्रयास गर्छु। पद, पहुँच र पैसालाई भाउ दिन्न।
अनि म 'घमण्डी डाक्टर' भनिन्छु।
• म नराम्रोलाई नराम्रो भन्छु, बेठिकलाई बेठिक भन्छु। ठिकै त छ, चलेकै छ भन्ने बानी छैन। बरु बेठिकलाई बेठिक मानेर सुधार गर्न प्रयास गर्छु तर यत्तिको ठिकै त हो भनेर चित्त बुझाउदिनँ।
अनि म 'घमण्डी डाक्टर' भनिन्छु।
• यो कागजमा मात्र सिमित सिस्टम भएको देशमा म सिस्टममा चल्न खोज्छु, अरुलाई नि चलाउन खोज्छु। अनि म 'घमण्डी डाक्टर' भनिन्छु।
#cp
#arajaksystem

कत्ती दौडिन्छौ हल्लाको भरमा?


कहाँ अनि कुन डाक्टरले भनेको देख्यौ सुन्यौ "हामीलाई मान्छे मार्ने अधिकार चाहियो " भनेर ?
एकचोटी नयाँ ऐन त पढेर हेर के लेख्या छ भेनेर ।किन असन्तुष्ट छन् त डाक्टरहरु नयाँ ऐन प्रती ?
ऐनको दफा २३० (१) ले ‘इजाजत नपाएकाले उपचार गर्न नहुने’ भन्छ, अर्कोतिर २३० (२) ले ‘लामो अनुभवबाट इलाज सम्बन्धमा जानकारी राख्ने व्यक्तिले सानोतिनो रोग लागेको बिरामीलाई मामुली प्रकृतिको औषधि खुवाउन वा सानोतिनो घाउ, खटिरा चिरफार गरी उपचार गर्नमा बाधा पुग्ने छैन’ पनि भन्छ ।
यसमा ‘लामो अनुभव भएको’ भनेको के हो ? कसलाई इंगित गरेको छ, यसले ? अनि ‘सानोतिनो रोग’ केलाई भन्ने ? ‘मामुली प्रकृतिको औषधि’ के–के हुन् ? कसले छुट्याउने ?
दफा २३१ र २३२ पनि त्यस्तै विरोधाभासपूर्ण छन् ।
‘बदनियत चिताएर उपचार गरेको/नगरेको’ कसले जाँच्ने ? ‘लापरबाही’ र ‘हेल्चेक्र्याइँ’ कसले छुट्याउने ?
ए बाबा गरन कारबाही । लापरवाही गर्ने आपराध गर्नेलाई सजाय हुनै पर्छ।कसैको जीवनसङ खेल्ने अधिकार कसैलाई छैन । तर उचित छानबिन गरेर गर भन्न पनि नपाउने? यो चिकित्सा छेत्रनै एस्तै हो। प्रत्येक सेकेन्ड जीवन मृत्यु रुबरु हुने। तर बिरामीको मृत्यु हुन साथ लापरबाही कहिलिने यो समाजको मानसिकताबाट कसरी बच्ने ?
जे मा पनि डाक्टरको गल्ती हुन्छ यहा....
१. अस्पतालको बेडमा आमासङ्ग सुतेको बच्चा तल खसेपनी डाक्टरले अपजस लिनुपर्ने।
२. विकटमा भनेको समयमा अत्यावश्यक औषधि उपलब्ध हुँदैन, त्यो औसधिको ठेक्का डाक्टर को हो?
३. सरकारि अस्पतालमा पर्याप्त स्टाफ छैनन्, उपकरण छैनन्, र कहिले ईमर्जेन्सीमा कुनै औसधि नपाएर, अक्सिजन सकिएर वा सिस्टम फेलरले कसैको ज्यान गएमा पनि हाम्रै दोष !!
४.CPR गर्दा छाती थिचेर मार्यो भन्छन् ।
५.केही Online/दुई पन्ने पत्रीकाका पत्रकार त हिन्दी सिनेमाका नायक नै हुन। उनिहरु नै पुलिस, वकिल , डाक्टर र न्यायाधीश सबै हुन् ।सबै थाहा छ उनीहरुलाई। कुनै घटनाको केही मिनेटमा नै लापरबाही भनेर फैसला सुनाइहाल्छ्न।
६. हुँदा हुँदा बिरामीले लामो समयसम्म अस्पतालको बिल तिर्न नसकेर अस्पतालले बन्धक बनाउदापनि डाक्टरकै खेदो खनियो।
अनि हाम्रो लोकतान्त्रिक सरकार सुन तस्कर र बलात्कारीलाई छोडेर डाक्टरलाई फौजदारी कानुन लगाएर बसेको छ।
!!अत्ति भो!!
यसको दीर्घकालीन असर निमुखा जनतालाई नै पर्न जान्छ। चिकित्सकसित त आफू जोगिएर काम गर्न प्रशस्त उपायहरू छन् ।उक्त कानुनले चिकित्सकलाई जोखिम लिनबाट वञ्चित गराउँदै छ । जसरी विगतका दिनमा चिकित्सकले जोखिम लिएर पनि काम गरेका थिए, अब त्यो हुँदैन । चिकित्सकहरू जोखिम लिनुभन्दा पनि रेफर गर्नमा लाग्छन्, जसको प्रत्यक्ष असर बिरामीलाई पर्न जान्छ ।
सुन्दा तितो लाग्ला।
अझै पनि दिसा पिसाब चर्पीमा गर्नुपर्छ,चर्पी गरिसकेर साबुन पानीले हात धुनुपर्छ भनेर TV बाटै जनचेतना फैलाउनु पर्ने समाज छ हाम्रो।
सुत्केरी गराउन ३ दिन बोकेर लैजादा पनि सुविधासम्पन्न आस्पताल नभेटिने अवस्था छ।
घरेलु उपचार,धामीझाँक्री, माता र देबिको सम्पुर्ण कोशिस फेल खाएपछी बल्ल डाक्टरको याद आउने चेतना बोकेका हामी नेपाली अनि कानुन चाहिँ विश्व मै नभा´को आउने भो भनेर मख्ख छौ।
नहौ पनि कसरी ? SLC सम्म पास नगरेका लाई स-सम्मान डाक्टरका लागि कानुन लेख्ने काम सुम्पेर ढुक्क छौ। "चानस पायो भने नेपालीले गर्छ " भन्ने चर्चित रामवाणि जस्तै।
कुरा हडतालको।
अहिले सम्म सुन्नु भा`को छ नेपालमा आकस्मिक सेवा पनि बन्द गरेर डाक्टर हड्तालमा उत्रेको?
तर विश्व मा भएका छन् ।
मनन गरौ। मानव जीवनलाई हरसम्मको कोशिस गरेर बचाउने प्रयासको सपथ खाएर प्रवेश गरेका हुन्छन् चिकित्सक gurantee दिन्छु भनेर हैन।
#Copied

Wednesday, July 4, 2018

हुनसक्ने जति हुन देऊ आज​


हुनसक्ने जति हुन देऊ आज​
अघाउँजी मलाई रुन देऊ आज

मनभित्र धेरै मैलो लुकेको छ
सफ़ासँग सबै धुन देऊ आज​

सार्है लामो लाग्यो औँसीको रात
सगरमा नौलो जुन देऊ आज ।

सँधैसँधै धर्तिमै म लडिरहेँ
उठि आकाशलाई छुन देऊ आज ।


#CPfromfriends

किन मन छुन्छ


खानाको पहिलो निबाला भन्दा पहिले सोच्दा 
केवल एउटा तस्बिर आउछ त्यो तिम्रो हुन्छ
कतै बस्छु जब अनि सोच्दछु कोइ होस् छेउमा , तब आउने 
आकृति तिम्रो हुन्छ
आकाशमा हेर्दै गन्दछु जब ताराहरु  ,मन पर्ने मलाई केवल 
तिमि स्वोरुप जुन हुन्छ
भन्दछन सबले  मलाई एकोहोरो अनि घमण्डी
तर यस्लाई पनि तिम्रो कुराले किन मन छुन्छ
तिम्रो कुराले किन मन छुन्छ ॥ ॥

बाध्यता


म संग  मायाका  कुरा नगर्नु  तिम्रो केहि बाध्यता होला
बुझन नसक्नु मेरो कमजोरी  होला
अझ सबै भन्दा माथि मायाका छाल र  तरङ्गहरु लाई बुझी बुझी
पनि  मेरो  मायालाई  इन्कार  गर्नु  तिम्रो बाध्यता होला ॥

सुनसान सडक चकमन्न रात तिम्रो  निमित्त धड्किने मुटुका यी छाल
अनि सधै तिम्रो मायाको साथ खोजि रहने मेरा यी हात हरु
सिरानी बनाई हिडी रहयको यो यात्रामा ड्राईभरले लगाएको गाडीको  ब्रेक सँगै झसङ झसङ गरि झस्किन्छु॥

यस्तै यस्तै मायाका बह पोख्दा खेरिमा
तिमिले दिने जवाफ़ले मुटुमा भाला रोप्दा खेरिमा
छिया छिया  भाको यो मुटु यस्तै यस्तै दुई चार शब्दको कोसेलीले जोड्ने प्रयाश गर्दा खेरिमा
कहिले  कहिँ    लाग्छ  कहिँ  कति  बिरही  कबि    भहिदैन  यस्तै  यस्तै  लेख्दा खेरिमा ॥

Monday, May 28, 2018

बानी नराम्रो।

किन भन्छन मैले छुदा पानी नराम्रो
जात भीत्र मान्छे खोज्ने दुनीयाँको बानी नराम्रो

मन्दिर पनी हुन्न मेरो पधेरि नी छोईन्छ रे
कस्ले शुरु गर्यो यो कुरितीको कहानी नराम्रो
जात भीत्र मान्छे खोज्ने दुनीयाँको बानी नराम्रो

काटे बग्ने रगत उहि मैले फेर्ने श्वाश उहि
मान्छे मान्छे छुट्याउने कुसंस्कारको खानी नराम्रो
जात भीत्र मान्छे खोज्ने दुनीयाँको बानी नराम्रो।।

Friday, March 30, 2018

"मेरा गणितका गुरू"!


मैले घोकेका साध्य र ज्यामितीहरू
आयतन र परिमितीहरू
अनि ती बिजगणितका डरलाग्दा
'ए' र 'बि'का सूत्रहरू
खै कहाँ काम लाग्छन् ?
जो बिराउदा कैयौ चोट पाएका थिए यी हातले
कैयौ मुर्गा बनाइएका थिए चौरमा
कैयौ पटक उभ्याइएको थियो डेस्कमाथि
र जबर्जस्ती जान्ने बनाइएको थियो मलाई,
मानौकी मेरो जिन्दगी अब फलिफापको बाटोमा अगाडि लाग्यो

तर अचेल मलाई हजारबार जिन्दगीले फेल घोषणा गर्छ,
हिसाब मिल्दै मिल्दैन जिन्दगीको
गुरू कुन सुत्र प्रयोग गरूँ म?
बाको रसिला आखाको आयतन कसरी निकाल्नू
आमाका हातको ठेलाको घनत्व कसरी नाप्नू
प्यारीको मेरो अभाव
र छोराको भोकको क्षेत्रफल निकाल्ने सूत्र के हो?
हजुरआमाको लौरी कुन सूत्रले अड्याउने?

माइनस् माइनस् प्लस हुने सुत्रमा
'दुख दुख'सुख हुन नसकेर फेरि दुख नै हुनु पर्ने
'अासु आसु' हासो नभएर पुन: आसु नै हुनु पर्ने
यो कुन नियम हो
जो मलाई सिकाउदै सिकाइएन।

ब्ल्याकबोर्डको त्रिभुज र चतुर्भुज खुब नापियो
भित्री कोण र बाहिरी कोण नापियो
डिग्री डिग्रीमा नापियो
एन्गल एन्गलमा नापियो
तर जिन्दगी त हजारौ भुजाले बन्दो रैछ
न नापिन्छ न देखिन्छ कुनै दृश्यमा
न लेखिन्छ न छापिन्छ कुनै पानामा
भित्री कोण र बाहिरी कोण मात्र कहाँ
रहश्य र जालझेलका करोडौ कोण हुदा रैछन्
घात र प्रतिघातका अनगिन्ती एंगल हुदा रैछन्
जसलाई नजरन्दाज सम्म गराइएन कि
तैले यसरी पनि बाच्नु पर्छ भनी।

सिंगो परिवार बन्धकीमा राखेर
हरियो पासपोर्ट बोकेर परदेश हिडेको
लाहुरेको गरूंगो पाइलाको weight (भार) कुन ग्रामले नाप्छ
त्यो बिछोडिदाको मुटुको गति कुन मिटरले नाप्छ
ती झरेका आशु कुन लिटरले नाप्छ
त्यो चोटको गहिराई कुन एकाईले नाप्छ
गुरू यसका कुनै सूत्र छैनन्?

मेरा गणितका गुरू!
मलाई माफ गर्नुहोस् है
तपाईको गणितमा जसोतसो 'उत्तिर्ण' भएको म
तर जिन्दगीको गणितमा
लज्जास्पद तरिकाले 'उत्तारित' पनि हुन नसकेर
'लत्तारित' भैरहेको छु।

गुरू!
मिल्छ भने भाइ बहिनीहरूलाई
गणितसँग जिन्दगीको हिसाब पनि
थोरै थोरै सिकाइदिनुस् न है!
#cp

Tuesday, March 6, 2018

नचाहदानचाहदै झुक्किएर जिवन पाएको छू

नचाहदानचाहदै झुक्किएर जिवन पाएको छू ।
दिनदिनको गरिबीले ढीडो सिस्नु खाएको छू ।
राम्रो लुगा केही छैन सानो झुपडीमा
लाजछेक्न च्यातिएकै लगाएको छू ।
सवैले होच्याएर गरिबको नाठो भन्दा
उनको सामु हासेपनि भित्रिमन रुवाएको छू ।।.
हुनेखाने ठुलाबडाको मन कति कठोर
त्यसैले सबै गरिबकै मन मा छाएको छू ।।
अहिले जे जस्तो खाने लगाउने भएनी
देशकालागि गर्छु भनि धर्तिमा छाएको छू ।।

Monday, February 26, 2018

घाँटीरेटी मारे पछि नुन किन बार्नु

उखेलेर फुल फेरि दुबो किन सार्नु ।
घाँटीरेटी मारे पछि नुन किन बार्नु ।

लगाएर चोटै चोट छाति भरि भरि ।
समयको खेल भनि कुरा किन टार्नु ।
थामेर हात हरु छाड्यौ दोबाटोमा ।
साथ दिन नसक्नेले भर किन पार्नु ।
किन आयौ मेरो सामु परपर जानु ।
पाउ राखी मैदानमा युद्द किन हार्नु ।

छट्पटिदै म मरेको हेर हाँसी हाँसी ।
धकेलेर भिर बाट आँशु किन झार्नु ।
उखेलेर फुल फेरि दुबो किन सार्नु ।
घाँटीरेटी मारे पछि नुन किन बार्नु ।


लगाएर चोटै चोट छाति भरि भरि ।
समयको खेल भनि कुरा किन टार्नु ।
थामेर हात हरु छाड्यौ दोबाटोमा ।
साथ दिन नसक्नेले भर किन पार्नु ।
किन आयौ मेरो सामु परपर जानु ।
पाउ राखी मैदानमा युद्द किन हार्नु ।

छट्पटिदै म मरेको हेर हाँसी हाँसी ।
धकेलेर भिर बाट आँशु किन झार्नु ।
उखेलेर फुल फेरि दुबो किन सार्नु ।
घाँटीरेटी मारे पछि नुन किन बार्नु ।

कस्तो माया गरें मैंले


एक्लै मन पराइसकें कस्तो माया गरें मैंले
सुन्दर संसार सजाइसकें कस्तो माया गरें मैंले

छैन थाहा तिमीलाई कति माया गर्छु मैंले
तिम्रै नाममा हराइसकें कस्तो माया गरें मैंले

मेरो जिबन मेरो संसार सर्वस्व नै तिम्रो प्रिया
अधिकार गराइसकें कस्तो माया गरें मैंले

तिम्रै नाम मात्र ओठले लाखौंपटक बोलिसकें
यादमा धेरै कराइसकें कस्तो माया गरें मैंले

जिबन मेरो कसोगरी तिमि बिना सोच्न सक्छु
कल्पनामै डराइसकें कस्तो माया गरें मैंले
एक्लै मन पराइसकें कस्तो माया गरें मैंले
सुन्दर संसार सजाइसकें कस्तो माया गरें मैंले

आउँछु म

तिमी बोलाउ मात्र हाम फालेर आउँछु म

दियो मनमा पिरतीको बालेर आउँछु म 

भेट्ने रहर तिमीलाई पलायो मनभरि 

सबै पर्खाल पिरतीको ढालेर आउँछु म 

प्यास मनको धेरै भयो मेटाको छैन हेर 

भेट्ने रहर मनभित्र पालेर आउँछु म 

केहि सुन्नु छ तिम्रा केहि भन्नु छ तिमीलाई 

मेरा पाईला तिमी तिरै चालेर आउँछु 

अचम्म छ बा...


1) रु २० को नोट धेरै लाग्छ जब हामी कुनै गरीबलाई दिन लाग्छौ, तर होटेलमा त्यही टिप दिन धेरै कम लाग्छ
2) ३ मिनटको लागि भगवानको नाम लिन मुस्किल हुन्छ, तर ३ घण्टाको फिल्म हेर्न सजिलो लाग्छ
3) पुरा दिन काम गरेर Gym जान कत्ती थकाई लाग्दैन, तर आमाबाबाको गोडा मिच्न हामीलाई थकाई लाग्छ
4) Valentine's Day को लागि हामी पुरा साल कुर्छौ, Mother's Day कहिले आउछ अनी जान्छ पत्तो हुन्न
5) फलानो-ढिस्कानो नेताले यसो-उसो गर्‍यो भन्दै कुर्लन मज्जा लाग्छ, तर आफ्नै वडा तथा गाबिसमा भईरहेको भ्रस्टचारको बिरुध्ध बोल्न अप्ठेरो लाग्छ
6) फोहोरको डुङुर नजिक बाट हिड्दा मनिषलाई सराप्न जोस आउछ, तर एउटै भये पनि मिल्किएको कागज टिप्न लाज लाग्छ
7) फलानोले राम्रो काम गरेछ भनेर हौस्याउने २ शब्द लेख्न निन्द्रा लाग्छ, तर नेताहरुलाई गाली गर्दा ताली पिट्न आनन्द लाग्छ

अचम्मै छ नि है...