Wednesday, July 4, 2018

हुनसक्ने जति हुन देऊ आज​


हुनसक्ने जति हुन देऊ आज​
अघाउँजी मलाई रुन देऊ आज

मनभित्र धेरै मैलो लुकेको छ
सफ़ासँग सबै धुन देऊ आज​

सार्है लामो लाग्यो औँसीको रात
सगरमा नौलो जुन देऊ आज ।

सँधैसँधै धर्तिमै म लडिरहेँ
उठि आकाशलाई छुन देऊ आज ।


#CPfromfriends

No comments:

Post a Comment