तिमी बोलाउ मात्र हाम फालेर आउँछु म
दियो मनमा पिरतीको बालेर आउँछु म
भेट्ने रहर तिमीलाई पलायो मनभरि
सबै पर्खाल पिरतीको ढालेर आउँछु म
प्यास मनको धेरै भयो मेटाको छैन हेर
भेट्ने रहर मनभित्र पालेर आउँछु म
केहि सुन्नु छ तिम्रा केहि भन्नु छ तिमीलाई
मेरा पाईला तिमी तिरै चालेर आउँछु म
👌👌👌👌
ReplyDeletewah wah wah
ReplyDelete