Sunday, February 10, 2019

म 'घमण्डी डाक्टर' हुँ।

• म ओपिडी कोठामा एउटा विरामी हेरिरहदा अर्कोलाई छिर्न दिन्न, बाहिर जानुस् भन्छु। किनकी जसलाई जाँचिरहेको हुन्छु, उसलाई प्राथमिकता र समय दिनु मेरो धर्म हो। जाबो यत्ती देखाउन नि १० घण्टा कुर्नुपर्ने भन्छन्।
अनि म 'घमण्डी डाक्टर' भनिन्छु।
• म घाम ताप्दै चौरमा, चियापसलमा, बाटोमा विरामी जाँच्ने वा रिपोर्ट हेर्ने गर्न सक्दिनँ, चाहे विरामी जतिसुकै हतारमा होस्। किनकी विरामी जाँच्नु भनेको उसको स्वास्थ्यको जिम्मेवारी मैले लिनु हो, डाक्टर-विरामी सम्बन्ध स्थापित गर्नु हो। गफ गर्नु मात्र हैन। चिया गफ जसरी विरामी हेर्दा धेरै साना तर महत्वपूर्ण कुराहरु जानेर वा नजानेर छुट्छन्, मैले भोगेको छु। त्यसैले सहि तरिकाले ओपिडीमै राखेर विरामी हेर्छु। मान्छेहरु यत्ती जाबो हेर्न नि कुराउने भन्छन्।
अनि म 'घमण्डी डाक्टर' भनिन्छु।
• इमर्जेन्सी भनेर ओपिडी आएको विरामीलाई कहिले इमर्जेन्सी जानुस् भन्छु, कहिले आफैंले लिएर जान्छु, कहिले अरु स्टाफलाई इमर्जेन्सी लगिदिनुस् भनेर ओपिडी पर्चामा लेखिदिन्छु। यस्तो इमर्जेन्सी नि हेर्न नखोज्ने भन्छन्।
अनि म 'घमण्डी डाक्टर' भनिन्छु।
• म एकजना विरामीसँग बोलिरहेको बेला अरु विरामीको कुरा सुन्दिनँ, उसलाई कुराउछु। किनकी म एकैपटक दुई विरामी हेर्न सक्दिनँ, दुई तीन जनाका स्वास्थ्य समस्या समाधान गर्न सक्दिनँ। अनि कस्तो यत्ती कुरा नि नसुन्ने डाक्टर रैछ भन्छन्।
अनि म घमण्डी डाक्टर भनिन्छु।
• म नचिनेको नंबरको फोन उठाउदिनँ, जतिसुकै इमर्जेन्सी भए पनि सकेसम्म उठाउदिनँ। विरामीलाई मेरो जरुरत छ जस्तो लाग्छ भने म आफैं उनको नं लिन्छु र मेरो पनि दिन्छु। किनकी मेरो पनि व्यक्तिगत समय हुन्छ र फोनबाट डाक्टर-विरामी सम्बन्ध बन्दैन र म फर्स्ट अनकल पनि हैन, सेकेन्ड अनकल हुँ। तर अस्पताल र स्टाफको फोन उठाउछु।
अनि म 'घमण्डी डाक्टर' भनिन्छु।
• म सामाजिक प्रतिष्ठा, पहुँच वा रवाफको आधारमा विरामीलाई प्राथमिकता दिन्नँ। नजिकको, टाढाको, धनी, गरिव भनेर छुट्ट्याउन्न। मैले हेर्नुपर्ने रहेछ भने म चाहिने समय दिएर राम्रैसँग हेर्ने सक्दो प्रयास गर्छु। पद, पहुँच र पैसालाई भाउ दिन्न।
अनि म 'घमण्डी डाक्टर' भनिन्छु।
• म नराम्रोलाई नराम्रो भन्छु, बेठिकलाई बेठिक भन्छु। ठिकै त छ, चलेकै छ भन्ने बानी छैन। बरु बेठिकलाई बेठिक मानेर सुधार गर्न प्रयास गर्छु तर यत्तिको ठिकै त हो भनेर चित्त बुझाउदिनँ।
अनि म 'घमण्डी डाक्टर' भनिन्छु।
• यो कागजमा मात्र सिमित सिस्टम भएको देशमा म सिस्टममा चल्न खोज्छु, अरुलाई नि चलाउन खोज्छु। अनि म 'घमण्डी डाक्टर' भनिन्छु।
#cp
#arajaksystem

कत्ती दौडिन्छौ हल्लाको भरमा?


कहाँ अनि कुन डाक्टरले भनेको देख्यौ सुन्यौ "हामीलाई मान्छे मार्ने अधिकार चाहियो " भनेर ?
एकचोटी नयाँ ऐन त पढेर हेर के लेख्या छ भेनेर ।किन असन्तुष्ट छन् त डाक्टरहरु नयाँ ऐन प्रती ?
ऐनको दफा २३० (१) ले ‘इजाजत नपाएकाले उपचार गर्न नहुने’ भन्छ, अर्कोतिर २३० (२) ले ‘लामो अनुभवबाट इलाज सम्बन्धमा जानकारी राख्ने व्यक्तिले सानोतिनो रोग लागेको बिरामीलाई मामुली प्रकृतिको औषधि खुवाउन वा सानोतिनो घाउ, खटिरा चिरफार गरी उपचार गर्नमा बाधा पुग्ने छैन’ पनि भन्छ ।
यसमा ‘लामो अनुभव भएको’ भनेको के हो ? कसलाई इंगित गरेको छ, यसले ? अनि ‘सानोतिनो रोग’ केलाई भन्ने ? ‘मामुली प्रकृतिको औषधि’ के–के हुन् ? कसले छुट्याउने ?
दफा २३१ र २३२ पनि त्यस्तै विरोधाभासपूर्ण छन् ।
‘बदनियत चिताएर उपचार गरेको/नगरेको’ कसले जाँच्ने ? ‘लापरबाही’ र ‘हेल्चेक्र्याइँ’ कसले छुट्याउने ?
ए बाबा गरन कारबाही । लापरवाही गर्ने आपराध गर्नेलाई सजाय हुनै पर्छ।कसैको जीवनसङ खेल्ने अधिकार कसैलाई छैन । तर उचित छानबिन गरेर गर भन्न पनि नपाउने? यो चिकित्सा छेत्रनै एस्तै हो। प्रत्येक सेकेन्ड जीवन मृत्यु रुबरु हुने। तर बिरामीको मृत्यु हुन साथ लापरबाही कहिलिने यो समाजको मानसिकताबाट कसरी बच्ने ?
जे मा पनि डाक्टरको गल्ती हुन्छ यहा....
१. अस्पतालको बेडमा आमासङ्ग सुतेको बच्चा तल खसेपनी डाक्टरले अपजस लिनुपर्ने।
२. विकटमा भनेको समयमा अत्यावश्यक औषधि उपलब्ध हुँदैन, त्यो औसधिको ठेक्का डाक्टर को हो?
३. सरकारि अस्पतालमा पर्याप्त स्टाफ छैनन्, उपकरण छैनन्, र कहिले ईमर्जेन्सीमा कुनै औसधि नपाएर, अक्सिजन सकिएर वा सिस्टम फेलरले कसैको ज्यान गएमा पनि हाम्रै दोष !!
४.CPR गर्दा छाती थिचेर मार्यो भन्छन् ।
५.केही Online/दुई पन्ने पत्रीकाका पत्रकार त हिन्दी सिनेमाका नायक नै हुन। उनिहरु नै पुलिस, वकिल , डाक्टर र न्यायाधीश सबै हुन् ।सबै थाहा छ उनीहरुलाई। कुनै घटनाको केही मिनेटमा नै लापरबाही भनेर फैसला सुनाइहाल्छ्न।
६. हुँदा हुँदा बिरामीले लामो समयसम्म अस्पतालको बिल तिर्न नसकेर अस्पतालले बन्धक बनाउदापनि डाक्टरकै खेदो खनियो।
अनि हाम्रो लोकतान्त्रिक सरकार सुन तस्कर र बलात्कारीलाई छोडेर डाक्टरलाई फौजदारी कानुन लगाएर बसेको छ।
!!अत्ति भो!!
यसको दीर्घकालीन असर निमुखा जनतालाई नै पर्न जान्छ। चिकित्सकसित त आफू जोगिएर काम गर्न प्रशस्त उपायहरू छन् ।उक्त कानुनले चिकित्सकलाई जोखिम लिनबाट वञ्चित गराउँदै छ । जसरी विगतका दिनमा चिकित्सकले जोखिम लिएर पनि काम गरेका थिए, अब त्यो हुँदैन । चिकित्सकहरू जोखिम लिनुभन्दा पनि रेफर गर्नमा लाग्छन्, जसको प्रत्यक्ष असर बिरामीलाई पर्न जान्छ ।
सुन्दा तितो लाग्ला।
अझै पनि दिसा पिसाब चर्पीमा गर्नुपर्छ,चर्पी गरिसकेर साबुन पानीले हात धुनुपर्छ भनेर TV बाटै जनचेतना फैलाउनु पर्ने समाज छ हाम्रो।
सुत्केरी गराउन ३ दिन बोकेर लैजादा पनि सुविधासम्पन्न आस्पताल नभेटिने अवस्था छ।
घरेलु उपचार,धामीझाँक्री, माता र देबिको सम्पुर्ण कोशिस फेल खाएपछी बल्ल डाक्टरको याद आउने चेतना बोकेका हामी नेपाली अनि कानुन चाहिँ विश्व मै नभा´को आउने भो भनेर मख्ख छौ।
नहौ पनि कसरी ? SLC सम्म पास नगरेका लाई स-सम्मान डाक्टरका लागि कानुन लेख्ने काम सुम्पेर ढुक्क छौ। "चानस पायो भने नेपालीले गर्छ " भन्ने चर्चित रामवाणि जस्तै।
कुरा हडतालको।
अहिले सम्म सुन्नु भा`को छ नेपालमा आकस्मिक सेवा पनि बन्द गरेर डाक्टर हड्तालमा उत्रेको?
तर विश्व मा भएका छन् ।
मनन गरौ। मानव जीवनलाई हरसम्मको कोशिस गरेर बचाउने प्रयासको सपथ खाएर प्रवेश गरेका हुन्छन् चिकित्सक gurantee दिन्छु भनेर हैन।
#Copied