Monday, May 28, 2018

बानी नराम्रो।

किन भन्छन मैले छुदा पानी नराम्रो
जात भीत्र मान्छे खोज्ने दुनीयाँको बानी नराम्रो

मन्दिर पनी हुन्न मेरो पधेरि नी छोईन्छ रे
कस्ले शुरु गर्यो यो कुरितीको कहानी नराम्रो
जात भीत्र मान्छे खोज्ने दुनीयाँको बानी नराम्रो

काटे बग्ने रगत उहि मैले फेर्ने श्वाश उहि
मान्छे मान्छे छुट्याउने कुसंस्कारको खानी नराम्रो
जात भीत्र मान्छे खोज्ने दुनीयाँको बानी नराम्रो।।

Friday, March 30, 2018

"मेरा गणितका गुरू"!


मैले घोकेका साध्य र ज्यामितीहरू
आयतन र परिमितीहरू
अनि ती बिजगणितका डरलाग्दा
'ए' र 'बि'का सूत्रहरू
खै कहाँ काम लाग्छन् ?
जो बिराउदा कैयौ चोट पाएका थिए यी हातले
कैयौ मुर्गा बनाइएका थिए चौरमा
कैयौ पटक उभ्याइएको थियो डेस्कमाथि
र जबर्जस्ती जान्ने बनाइएको थियो मलाई,
मानौकी मेरो जिन्दगी अब फलिफापको बाटोमा अगाडि लाग्यो

तर अचेल मलाई हजारबार जिन्दगीले फेल घोषणा गर्छ,
हिसाब मिल्दै मिल्दैन जिन्दगीको
गुरू कुन सुत्र प्रयोग गरूँ म?
बाको रसिला आखाको आयतन कसरी निकाल्नू
आमाका हातको ठेलाको घनत्व कसरी नाप्नू
प्यारीको मेरो अभाव
र छोराको भोकको क्षेत्रफल निकाल्ने सूत्र के हो?
हजुरआमाको लौरी कुन सूत्रले अड्याउने?

माइनस् माइनस् प्लस हुने सुत्रमा
'दुख दुख'सुख हुन नसकेर फेरि दुख नै हुनु पर्ने
'अासु आसु' हासो नभएर पुन: आसु नै हुनु पर्ने
यो कुन नियम हो
जो मलाई सिकाउदै सिकाइएन।

ब्ल्याकबोर्डको त्रिभुज र चतुर्भुज खुब नापियो
भित्री कोण र बाहिरी कोण नापियो
डिग्री डिग्रीमा नापियो
एन्गल एन्गलमा नापियो
तर जिन्दगी त हजारौ भुजाले बन्दो रैछ
न नापिन्छ न देखिन्छ कुनै दृश्यमा
न लेखिन्छ न छापिन्छ कुनै पानामा
भित्री कोण र बाहिरी कोण मात्र कहाँ
रहश्य र जालझेलका करोडौ कोण हुदा रैछन्
घात र प्रतिघातका अनगिन्ती एंगल हुदा रैछन्
जसलाई नजरन्दाज सम्म गराइएन कि
तैले यसरी पनि बाच्नु पर्छ भनी।

सिंगो परिवार बन्धकीमा राखेर
हरियो पासपोर्ट बोकेर परदेश हिडेको
लाहुरेको गरूंगो पाइलाको weight (भार) कुन ग्रामले नाप्छ
त्यो बिछोडिदाको मुटुको गति कुन मिटरले नाप्छ
ती झरेका आशु कुन लिटरले नाप्छ
त्यो चोटको गहिराई कुन एकाईले नाप्छ
गुरू यसका कुनै सूत्र छैनन्?

मेरा गणितका गुरू!
मलाई माफ गर्नुहोस् है
तपाईको गणितमा जसोतसो 'उत्तिर्ण' भएको म
तर जिन्दगीको गणितमा
लज्जास्पद तरिकाले 'उत्तारित' पनि हुन नसकेर
'लत्तारित' भैरहेको छु।

गुरू!
मिल्छ भने भाइ बहिनीहरूलाई
गणितसँग जिन्दगीको हिसाब पनि
थोरै थोरै सिकाइदिनुस् न है!
#cp

Tuesday, March 6, 2018

नचाहदानचाहदै झुक्किएर जिवन पाएको छू

नचाहदानचाहदै झुक्किएर जिवन पाएको छू ।
दिनदिनको गरिबीले ढीडो सिस्नु खाएको छू ।
राम्रो लुगा केही छैन सानो झुपडीमा
लाजछेक्न च्यातिएकै लगाएको छू ।
सवैले होच्याएर गरिबको नाठो भन्दा
उनको सामु हासेपनि भित्रिमन रुवाएको छू ।।.
हुनेखाने ठुलाबडाको मन कति कठोर
त्यसैले सबै गरिबकै मन मा छाएको छू ।।
अहिले जे जस्तो खाने लगाउने भएनी
देशकालागि गर्छु भनि धर्तिमा छाएको छू ।।

Monday, February 26, 2018

घाँटीरेटी मारे पछि नुन किन बार्नु

उखेलेर फुल फेरि दुबो किन सार्नु ।
घाँटीरेटी मारे पछि नुन किन बार्नु ।

लगाएर चोटै चोट छाति भरि भरि ।
समयको खेल भनि कुरा किन टार्नु ।
थामेर हात हरु छाड्यौ दोबाटोमा ।
साथ दिन नसक्नेले भर किन पार्नु ।
किन आयौ मेरो सामु परपर जानु ।
पाउ राखी मैदानमा युद्द किन हार्नु ।

छट्पटिदै म मरेको हेर हाँसी हाँसी ।
धकेलेर भिर बाट आँशु किन झार्नु ।
उखेलेर फुल फेरि दुबो किन सार्नु ।
घाँटीरेटी मारे पछि नुन किन बार्नु ।


लगाएर चोटै चोट छाति भरि भरि ।
समयको खेल भनि कुरा किन टार्नु ।
थामेर हात हरु छाड्यौ दोबाटोमा ।
साथ दिन नसक्नेले भर किन पार्नु ।
किन आयौ मेरो सामु परपर जानु ।
पाउ राखी मैदानमा युद्द किन हार्नु ।

छट्पटिदै म मरेको हेर हाँसी हाँसी ।
धकेलेर भिर बाट आँशु किन झार्नु ।
उखेलेर फुल फेरि दुबो किन सार्नु ।
घाँटीरेटी मारे पछि नुन किन बार्नु ।

कस्तो माया गरें मैंले


एक्लै मन पराइसकें कस्तो माया गरें मैंले
सुन्दर संसार सजाइसकें कस्तो माया गरें मैंले

छैन थाहा तिमीलाई कति माया गर्छु मैंले
तिम्रै नाममा हराइसकें कस्तो माया गरें मैंले

मेरो जिबन मेरो संसार सर्वस्व नै तिम्रो प्रिया
अधिकार गराइसकें कस्तो माया गरें मैंले

तिम्रै नाम मात्र ओठले लाखौंपटक बोलिसकें
यादमा धेरै कराइसकें कस्तो माया गरें मैंले

जिबन मेरो कसोगरी तिमि बिना सोच्न सक्छु
कल्पनामै डराइसकें कस्तो माया गरें मैंले
एक्लै मन पराइसकें कस्तो माया गरें मैंले
सुन्दर संसार सजाइसकें कस्तो माया गरें मैंले

आउँछु म

तिमी बोलाउ मात्र हाम फालेर आउँछु म

दियो मनमा पिरतीको बालेर आउँछु म 

भेट्ने रहर तिमीलाई पलायो मनभरि 

सबै पर्खाल पिरतीको ढालेर आउँछु म 

प्यास मनको धेरै भयो मेटाको छैन हेर 

भेट्ने रहर मनभित्र पालेर आउँछु म 

केहि सुन्नु छ तिम्रा केहि भन्नु छ तिमीलाई 

मेरा पाईला तिमी तिरै चालेर आउँछु 

अचम्म छ बा...


1) रु २० को नोट धेरै लाग्छ जब हामी कुनै गरीबलाई दिन लाग्छौ, तर होटेलमा त्यही टिप दिन धेरै कम लाग्छ
2) ३ मिनटको लागि भगवानको नाम लिन मुस्किल हुन्छ, तर ३ घण्टाको फिल्म हेर्न सजिलो लाग्छ
3) पुरा दिन काम गरेर Gym जान कत्ती थकाई लाग्दैन, तर आमाबाबाको गोडा मिच्न हामीलाई थकाई लाग्छ
4) Valentine's Day को लागि हामी पुरा साल कुर्छौ, Mother's Day कहिले आउछ अनी जान्छ पत्तो हुन्न
5) फलानो-ढिस्कानो नेताले यसो-उसो गर्‍यो भन्दै कुर्लन मज्जा लाग्छ, तर आफ्नै वडा तथा गाबिसमा भईरहेको भ्रस्टचारको बिरुध्ध बोल्न अप्ठेरो लाग्छ
6) फोहोरको डुङुर नजिक बाट हिड्दा मनिषलाई सराप्न जोस आउछ, तर एउटै भये पनि मिल्किएको कागज टिप्न लाज लाग्छ
7) फलानोले राम्रो काम गरेछ भनेर हौस्याउने २ शब्द लेख्न निन्द्रा लाग्छ, तर नेताहरुलाई गाली गर्दा ताली पिट्न आनन्द लाग्छ

अचम्मै छ नि है...